मकवानपुरमा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले सबैभन्दा धेरै वडामा विजय हासिल गरेको छ ।
हालसम्म कांग्रेसले ५ वटा वडामा विजय हासिल गरेको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले २ र नेकपा एमालेले १ वडामा जित हासिल गरेको छ ।
कांग्रेसले ईन्द्रसरोवर-१ र २, भीमफेदी-१, मनहरी-१ र कैलाश-१ मा जितेको छ । माओवादीले थाहा-१ र बकैया-१ मा जितेको छ भने एमालेले भीमफेदी-२ मा जित हासिल गरेको छ ।
पछिल्लो समय विभिन्न वडाको अन्तिम मत परिणाम आउने क्रम जारी छ । १०२ वडामध्ये अहिलेसम्म ८ वडाको अन्तिम परिणाम आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।