काठमाडौं महानगरः बालेन पहिलो, स्थापित दोस्रो, तेस्रोमा सिर्जना सिंह

काठमाडौं महानगरको प्रमुख पदका लागि प्रतिस्पर्धी ५४ जनामा बालेन्द्र (बालेन)ले अहिलेसम्म सबैभन्दा धेरै मत ल्याएका छन् । 

उनले सबैभन्दा धेरै मत ल्याउँदा उनलाई पछ्याइरहेका छन्, एमालेका उम्मेदवार केशव स्थापितले । 

नेपाली कांग्रेसकी सिर्जना सिंह तेस्रो नम्बरमा छिन् । अहिलेसम्मको गणनाअनुसार बालेनले ९ सय मत ल्याएका छन् । स्थापितले ८ सय मत ल्याएका छन् ।

त्यस्तै, सिंहले ५९४ मत ल्याएर तेस्रो नम्बरमा रहेकी छिन् । 

काठमाडौंको उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल अग्रस्थानमा छिन् । उनले ९२० मत ल्याउँदा उनलाई पछ्याइरहेका गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले २ सय ८६ मत ल्याएका छन् ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ५:९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया