एफए कपको उपाधि लिभपुलले उचाल्यो

प्रिमियर लिग प्रतिद्वन्द्वी चेल्सीलाई पराजित गर्दै लिभरपुलले एफए कपको उपाधि उचालेको छ । गएराति भएको फाइनलमा पेनाल्टी सुट आउटमा ६–५ को जित निकाल्दै लिभरपुलले आठौंपटक एफए कपको उपाधि उचालेको हो ।

वेम्बली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटसम्म पुगेको थियो ।

पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, थियागो अलकान्तरा, रोबर्टो फिर्मिनो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, डिएगो जोटा र कोन्स्टानसिनोस सिमिकसले गोल गर्दा सादियो माने भने चुके ।

चेल्सीका मार्कोस अलन्सो, जेम्स रिस, रोस बार्क्ली, जोर्जिन्हो र हाकिम जियाचले गोल गरे । सेजर एज्पिलिक्वेटा र मेसन माउन्ट चुक्दा लिभरपुल विजेता बन्यो ।

चेल्सी भने लगातार तेस्रो सिजन फाइनलमा पराजित भएको छ । ऊ अघिल्लो दुई सिजन म्यानचेस्टर सिटी र आर्सनलसँग पराजित भएको थियो । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ६:५६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया