रूपन्देहीको ओमसतिया–१ मा राप्रपाको प्यानल नै विजयी

रूपन्देहीको ओमसतिया गाउँपालिका–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका बेलबहादुर बरालसहितको प्यानल नै विजयी भएको छ ।

उनी १ हजार ७३८ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवारले ६ सय ६६ मत ल्याएका छन् । बराल यसअघि पनि राप्रपाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

सदस्यमा पनि राप्रपाका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यले १ हजार ५२२, दलित महिला सदस्यले १ हजार ७३८ र अन्य दुई सदस्यमा १ हजार ४३७ र १ हजार २५५ मत ल्याए । 
 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ६:५९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया