काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै छ । पछिल्लो विवरणअनुसार उनले १ हजार ७०६ मत पाएका छन् ।
शाहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन् । गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन् ।
त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।