बझाङको दुर्गाथली-५ र ६ को वडाध्यक्षमा कांग्रेसका जप्रेल र महत विजयी

बझाङको दुर्गाथली गाउँपालिका–५ र ६ मा नेपाली कांग्रेस उम्मेदवार विजयी भएका छन् । दुर्गाथली–५ मा गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका वकिल जप्रेल र ६ मा जयपाल महत विजयी भएका हुन् ।

जप्रेल ४ सय ८६ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ३ सय ५९ मत पाए । त्यस्तै, वडा नं. ६ महत ३ सय ३१ मतका साथ निर्वाचित भए । त्यहाँ गठबन्धनको प्यानल नै विजयी भएको हो । 

महतका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार धीरज जाग्रीले २३२ मत पाए । माओवादी केन्द्रले टिकट नदिएपछि जाग्री बागी उठेका थिए । उनी अघिल्लो निर्वाचनमा माओवादीबाट वडाध्यक्षमा विजयी भएका थिए । 

त्यस्तै, वडा नम्बर ६ मा नेकपा एमालेका लछी जाग्रीले ९९ मात्र प्राप्त गरे । अहिले दुर्गाथली गाउँपालिका–७ को मतगणना भइरहेको छ ।
 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार ८:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया