अस्ट्रेलियन क्रिकेट टोलीका पूर्वअलराउण्डर एन्ड्रयु साइमन्ड्सको निधन भएको छ । उनको कार दुर्घटनामा परी ४६ वर्षको उमेरमा निधन भएको हो । दुर्घटना अस्ट्रेलियाको उत्तरीपूर्वी क्षेत्र टाउन्सभिली नजिकै गएराति ११ बजेको आसपासमा भएको हो ।
एन्ड्रयुले १९९८ देखि २००९ सम्म अस्ट्रेलियाका लागि २६ टेस्ट, १९८ एकदिवसीय र १४ टी–२० अन्तराष्ट्रिय खेलेका थिए । उनी अस्ट्रेलियाले दुई पटक ५० ओभरको विश्वकप जित्दा टोलीका सदस्य थिए ।
एन्ड्रयुले अस्ट्रेलियाका लागि टेस्टमा १४६२, एकदिवसीयमा ५०८८ तथा टी–२० अन्तर्राष्ट्रियमा ३३७ रन बनाएका छन् । त्यस्तै, उनले टेस्टमा २४ एकदिवसीयमा १३३ र टी–२० अन्तर्राष्ट्रियमा आठ विकेट हात पारेका छन् ।
इंग्ल्याण्डमा जन्मिएका एन्ड्रयुलेले केन्ट, ग्लुसेस्टरशायर, लङ्काशायर र सुर्रेबाट काउन्टी क्रिकेट खेलेका थिए । साथै, उनले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पनि विभिन्न टिमबाट खेलेका थिए ।
यही वर्ष अस्ट्रेलियाका पूर्वस्पिनर सेन वार्न र विकेटकिपर रड मार्सको पनि निधन भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।