चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयर प्रत्यासी रेनु दाहालले अग्रता कायम राखेकी छन् । ३१६८ मत गणना हुँदा गठबन्धनकी साझा उम्मेदवार उनले १ हजार १७८ मत ल्याएकी छन् ।
उनलाई पछ्याइरहेका एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १ हजार १६८ मत ल्याएका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत प्राप्त गरेका छन् ।
भरतपुरमा सुरुवातमा एमालेले अग्रता लिएको थियो । तर, पछि रेनु अगाडि आइन् । फेरि पछिल्लो मत परिणामअनुसार एमाले अगाडि जाने संकेत देखाइरहेका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।