खोटाङमा एकीकृत समाजवादीका दुई वडाध्यक्ष विजयी

खोटाङको दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष विजयी भएका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा मिलन राई र वडा नम्बर ३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् । 

यहाँ नेकपा एसले माओवादी केन्द्र र जसपासँगको गठबन्धन गरेको थियो । खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन् । 

यस्तै, बासपानीमा दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिलासहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीका तर्फबाट भएका हुन् । खुला दुई सदस्य पनि महिला छन् ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १०:७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया