डोटीको बडीकेदार गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित

डोटीको बडीकेदार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा भैरवबहादुर सावद २ हजार ३४३ मतसहित निवार्चित भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर घर्तिमगरले १ हजार ६८४ मत प्राप्त गरे । त्यस्तै, नेकपा एकीकृत समाजवादीका भक्तबहादुर सावदले १ हजार ४७१ मत ल्याए ।  

पालिका उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्ट २ हजार ४०७ मतका साथ विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सपना सिराडीले २ हजार २७६ मत ल्याइन् । माओवादी केन्द्रकी देवीसरा देवी घर्तिमगरले ८३२ मत प्राप्त गरिन् ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १०:३४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया