पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् वडा सदस्यमा पराजित

नेकपा एमाले सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् लक्ष्मीपति पौडेल वडा सदस्यमा पराजित भएका छन् ।

उनी स्याङ्जाको वालिङ नगरपालिका–१ मा वडा सदस्यमा पराजित भएका हुन् । अर्याल कांग्रेसका सम्भव अर्यालसँग पराजित भएका हुन् । 

‘चुनावमा गएपछि हार–जित भैहाल्छ । जितेको अवस्थामा जनताकै काम गर्ने हो, हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो । सबै साथीहरू धैर्य बनौं,’ पराजित भएपछि पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

वडा १ मा १८३४ मत खसेको थियो । विजयी अर्यालले १ हजार ११२ मत ल्याएका छन् । पराजित पौडेलले ६४५ मत पाए । वालिङको १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ ।  





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १२:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया