काठमाण्डौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह भक्तपुर आइपुगेका छन् । उनी भक्तपुर नगरपालिका–२ ब्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालय पुगेका हुन् ।
उनी भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीबाट प्रभावित छन् । यही कारण उनी भक्तपुर आएका हुनसक्ने अनुमान गरिएको छ । आफू काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भए भक्तपुरमा जस्तो काम गर्ने उनले बताउँदै आएका छन् ।
बालेन भक्तपुर पुगेपछि उनीसँग सेल्फी खिच्नेहरूको भिड लागेको थियो । यस क्रममा शाहले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेका कान्छो भाइ एवं उक्त पार्टीबाट भक्तपुर नगरपालिका–५ का वडाध्यक्षका उम्मेदवार योगेन्द्रमा बिजुक्छेका साथै भक्तपुर नगरपालिका–५ मा नेमकिपाबाट विजयी वडाध्यक्ष प्रेमगोपाल कर्माचायसँग भेटघाट पनि गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।