जनकपुरधाम उपमहानगरपालिका-२ मा पनि नेपाली कांग्रेसको पूरै प्यानल विजयी भएको छ ।
आइतबार आएको मतपरिणामअनुसार जनकपुरधाम–२ मा कांग्रेसका शिवकुमार साह ६११ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अशोककुमार गुप्ताले २९५, नेकपा एमालेका सन्तोषकुमार साहले १५७ मत ल्याएका हुन् ।
यस्तै, कांग्रेसबाटै महिला सदस्यमा सीतादेवी साह ५५८, दलित महिला सदस्यमा धनेश्वरी देवी मुखिया ५५३, सदस्यमा अमितकुमार साह ४९९ र महेश खत्वेले ४२३ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामले जनाएको छ ।
यसअघि वडा नम्बर–१ मा समेत कांग्रेसको पुरै प्यानल विजयी भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।