ओलीको गृहनगरमा मतान्तर बढाउँदै राप्रपाका थापा

झापाको दमक नगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार रहेका राप्रपाका राम थापाले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार थापाले २४५० मत प्राप्त गरेका छन् ।  

उनलाई पछ्याइरहेकी नेकपा एमालेकी मेयर उम्मेदवार​ गिता अधिकारीले २३३२ मत ल्याएकी छन् । गठबन्धनबाट उपमेयर बनेकी कांग्रेसकी रेगिना भण्डारीले २३९२ मतका साथ अग्रता बनाएकी छन् । 

एमालेकी उपमेयरका उम्मेदवार अम्बिकाप्रसाद खनालले २१९० मत ल्याएका छन् । राप्रपाबाट मेयरको उम्मेदवार बनेका थापालाई सत्तागठबन्धन दलहरूको समर्थन रहेको छ ।

दमक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो ।  





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १३:४२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया