काठमाडौं महानगर निर्वाचन अपडेट : बालेनले झनै बढाए मतान्तर
फरकधार / १ जेठ, २०७९

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । जारी मतगणनाको ताजा परिणाम अनुसार स्वतन्त्र उम्मेदवारले अग्रता बढाउँदै लग‍ेका छन् । 



साहको २८२० मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । उनले १५०७ मत प्राप्त गरेका छन् ।

त्यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी सिर्जना सिंहको १४४९ मत प्राप्त भएको छ । अहिले ६ वटा वडाको मत गणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।



एउटा काउन्टर थप गरेर काठमाडौं महानगरपालिका-३१ को मतगणना सुरु भएको हो । यसअघि काठमाडौंको वडा नं १, २, ३, ४ र ३२ मा मतगणना भइरहेको हो ।



  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १३:४९:३४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया