नगराइन नगरपालिकामा कांग्रेसका विनय अगाडि, एमालेका पजियार पछिपछि

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गाउँ धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमुख पदका उम्मेदवार विनयकुमार यादवले अग्रता कायमै राखेका छन् ।

नगराइन नगरपालिका–१ र २ को अहिलेसम्मको ताजा मतपरिणामअनुसार १ हजार ९८७ मत गन्दा विनयले अग्रता कायमै राखेका हुन् ।

विनयले ८६० मत प्राप्त गर्दा नेकपा एमालेका रामबाबु पजियारले ४८८ मत प्राप्त गरेका छन् । त्यस्तै, लोसपा नेपालका उम्मेदवार राजु चौधरीले ४०३ मत पाएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी रञ्जुकुमारी साहले ८०८, नेकपा एमालेकी राधा देवी यादवले ५४० र लोसपाका उम्मेदवार उर्मिला देवी मण्डलले ३०२ मत ल्याएकी छन् ।
 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १५:३२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया