झडप भई मतदान स्थगित भएको जयपृथ्वी नगरपालिका-७ स्थित सुनिपिपलचौर मावि सुवेडा मतदान केन्द्रमा पुन: मतदान भइरहेको छ ।
दोस्रोपटक भइरहेको मतदानमा पनि मतदाताहरूको उत्साहजनक उपस्थिति रहेको छ ।
यो समाचार तयार पार्दासम्म ९ सय बढी मत खसेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए ।
३०० बढी सेना प्रहरी परिचालन गरि मतदान भइरहेको डिएसपी विष्टले बताए । मतदानस्थलमा नगर प्रमुख उपप्रमुख उम्मेदवारहरू र राजनीतिक दलका प्रतिनिधिहरू उपस्थित छन् । मतदान बिहान ७ बजेबाट सुरु भई बेलुका ५ बजे सकिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।