काठमाडौंमा फेरि थुप्रियो फोहोर

काठमाडौंमा फोहोर थुप्रिएको छ ।

काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन । फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ । 

सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणामतिर केन्द्रीत भइरहँदा काठमाडौंमा फोहोर उठाउने तर्फ भने कसैले ध्यान नदिएको हो कि भन्ने आभाष हुन थालेको सर्वसाधारण बताउँछन् । 

कहिले सिलडोलबासीको आन्दोलन त कहिले के कारणले गर्दा विभिन्न समयमा काठमाडौंमा हप्तौसम्म फोहोर नउठ्ने गरेको छ । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १६:१४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया