मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आयोगको आग्रह
फाइल तस्वीर

निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । 

अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणना कार्यमा ढिलाई गर्ने गरिएका प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ । 

मत गणनाका क्रममा देखिएको गतिविधिबाट पूर्वयोजनाअनुसार जेठ ५ गते अगावै मतगणना कार्य सम्पन्न गर्ने उद्देश्यमा असर पुगेको आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गरेर मतगणनालाई तीव्र बनाउन आग्रह गरेका छन् ।

उपलब्ध भएसम्म नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीलाई मतगणना कार्यमा प्राथमिकतासाथ खटाउने तथा स्थानको उपलब्धताअनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्ने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १६:३०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया