१५ तर्क प्रस्तुत गर्दै एमालेले भन्यो : सत्ता गठबन्धनले निर्वाचनमा 'धाँधली' गर्‍यो
फाइल तस्वीर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले 'धाँधली' गरेको आरोप लगाएको छ ।

निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पूरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीको साहारा लिएको एमालेको आरोप छ ।

एमाले महासचिव शंकर पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको बताएका हुन् ।

निर्वाचन आयोगलाई आचारसंहितामा भएको त्रुटी सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरूले नै निरन्तर आचारसंहिता विपरीत कार्य गरेको भन्दै एमाले खेद व्यक्त गरेको छ ।

निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भएको पनि एमालेको आरोप छ । त्यस्तै, मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको एमालेको आरोप छ । एमालेले बुँदागत रूपमा तर्कसमेत पेस गरेको छ । यस्तो छ एमालेको विज्ञप्ति :



 



  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १७:१४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया