धनगढी उपमहानगर-१ मा कांग्रेसको प्यानलै विजयी

कैलालीको धनगढी उपमहानगरपालिका-१ को अध्यक्षमा सन्तोष मुडभरी विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनाअनुसार १ हजार १८३ मत ल्याउँदै मुडभरी प्यानलसहित विजयी भएका हुन् ।

वडा सदस्यमा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । दलित महिला सदस्यमा सरस्वती लुहार, महिला सदस्यमा सत्यदेवी जोशी, सदस्यमा धर्मराज उपाध्याय र डम्मरनाथ जोशी विजयी भएका छन् ।

सत्यदेवी जोशीले १०६२, डम्मरनाथ जोशीले ९८२, धर्मराज उपाध्यायले ९९७ र सरस्वती लुहारले १०२७ मत पाइन् ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १७:२५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया