जनकपुरधाम उपमहानगरपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीले खाता खोलेको छ ।
सो पार्टीबाट वडा नम्बर-३ को वडाध्यक्ष पदमा दोस्रो कार्यकालका लागि पुनः दीपेन्द्रकुमार साह निर्वाचित भएका हुन् ।
तमलोपाबाट उम्मेदवारी दिएका साह २७६ मत ल्याई वडाध्यक्ष बनेका हुन् ।
साहले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुनिललाल दाससँग १७ मतको अन्तरले विजयी हासिल गरेका छन् ।
साहका निकटतम प्रतिद्वन्द्वी सुनिलले भने २५९ मत ल्याएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।