दार्चुलाको महाकाली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा एमाले नेता नरसिंह चैसीर र उपप्रमुखमा दुर्गा खत्री बिष्टले विजयी भएका हुन् ।
मेयरमा विजयी चैसीरले पाँच हजार १३ मत प्राप्त गरेका छन् । चैसीरसंग पराजित भएका गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार हंशराज भट्टले तीन हजार ८८७ मत प्राप्त गरे । भट्ट २०७४ को निर्वाचनमा कांग्रेसबाट मेयरमा विजयी भएका थिए ।
उपमेयरमा विजयी बिष्टले चार हजार ६२६ मत प्राप्त गर्दा उनी पराजित गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार सुना बोहराले चार हजार १८२ मत प्राप्त गरिन् ।
महाकाली नगरपालिका कांग्रेसको गढ मानिएको थियो । त्यो नगरपालिकामा सत्ताधारी दलहरुले गठबन्धन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।