ललितपुरमा मत गणना जारी : के भन्छन् प्रतिस्पर्धी चिरिबाबु र हरिकृष्ण ?

ललितपुर महानगरपालिकाका सत्तारुढ गठबन्धनका मेयरका उम्मेदवार चिरिबाबु महर्जन र एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार दुवैले आफू विजयी हुने दावी गरेका छन् ।

कांग्रेसबाट सत्तारुढ गठबन्धनलाई प्रतिनिधित्व गर्दै मेयरमा उम्मेदवारी दिनु भएका महर्जनले प्रारम्भिक नतिजा आफ्नो पक्षमा आएको र यसले सबै वडामा निरन्तरता पाउने भएकाले आफू फराकिलो मतान्तरले विजयी हुने प्रतिक्रिया दिए भने एमालेका मेयरका उम्मेदवार व्यञ्जनकारले विगतको भन्दा आफ्नो पार्टीको राम्रो मत भएकाले आफू विजयी हुने तर्क गरे । महर्जनले सञ्चारकर्मीमाझ आफू विगतमा भन्दा दशौं गुणा बढी मतका साथ विजयी हुने प्रक्षेपण गरेको बताए ।

त्यसैगरी, एमालेका मेयरका उम्मेदवार व्यञ्जनकारले ०७४ सालको स्थानीय तह निर्वाचनमा आफू ३२६ मतको झिनो अन्तरमा पराजित भएको र यस पटक भने सबै वडामा आफ्नो राम्रो भएकाले विजयी हुने बताए । उनले विगतमा भन्दा आफ्नो २१, २२, २३, २४, २६, २७ र २८ वडामा बढि राम्रो भएकाले विजयी हुनेमा ढुक्क रहेको बताए ।

आइतबार (आज) दिउँसोसम्मको मतगणना अनुसार मेयरमा महर्जनले अग्रता लिएका छन् । तर एमालेका मेयरका उम्मेदवार व्यञ्जनकार भने दुई प्रतिशत मत गणना गर्दा त्यो परिणाम आए पनि अव आफूले अग्रता दिने बताए । महर्जनले भने सबै वडामा आफ्नो राम्रो मत आउने विश्वास व्यक्त गरे ।

भिडियो





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १९:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया