सर्लाहीको लालबन्दीमा कांग्रेसको अग्रता, ३ र ४ वडामा कांग्रेस उम्मेदवार विजयी

सर्लाहीको लालबन्दी नगरपालिकाको दुई वडामा नेपाली कांग्रेसका उमेदवार प्यानलसहित विजयी भएका छन् ।

लालबन्दी नगरपालिका वडा नम्बर ३ र ४ मा नेपाली कांग्रेसका उमेदवार विजयी भएका हुन् । लालबन्दी नगरपालिका–३, मा नेपाली कांग्रेसका उमेदवार बुद्ध देव चौधरी ४९७ मत सहित विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार योगेन्द्र चौधरीले ४७१ मतमात्र पाएर पराजित भए ।

यस्तै लालबन्दी नगरपालिका–४, नम्बर वडामा पनि नेपाली कांग्रेसका उमेदवार सत्य नारायण चौधरी ७८३ मत सहित विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार विजय प्रसाद घिमिरे ६७१ मत प्राप्त गरी पराजित भए । 

यस्तै लालबन्दी नगरपालिकामा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । मेयरका उमेदवारमा कांग्रेसका बाशुदेव अधिकारी १८३२ मत सहित अग्र स्थानमा छन् भने, १३६७ मत सहित दोस्रो स्थानमा माओवादी केन्द्रका प्रलाद बुडाथोकी र नेकपा एमालेका गोविन्द बहादुर महत १३५० मत सहित तेस्रो स्थानमा छन् । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार १९:३६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया