हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता कायम गरेको छ ।
करिब २४ घण्टासम्म अग्रता लिएकी सत्तारुढ गठबन्धन तर्फकी उम्मेदवार मीनाकुमारी लामाको अग्रतालाई राप्रपाले तोडेको हो ।
हेटौंडा–२, १८ र १९ नम्बर वडामा मतगणना भइरहँदा राप्रपाका उम्मेदवार दीपक सिंह अग्रता कायम गर्न सफल भएका हुन् ।
साँझ ७ बजेसम्म ८ हजार ८ सय ३६ मत गणना हुँदा राप्रपाले अग्रता लिएको छ । मेयरमा राप्रपा ३१ मतले अघि लागेको छ ।
राप्रपाका सिंहले २६६६, गठबन्धन उम्मेदवार लामाले २६३५ मत र नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २४१८ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।