बझाङको छबिसपाथिभेरा–१ काे वडाध्यक्षमा कांग्रेसका सिंह विजयी

बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ को वडाध्यक्षमा गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका करनजंग सिंह विजयी भएका छन् । आइतबार साँझ सम्पन्न मतगणनामा उनी ४६२ मतका साथ वडाध्यक्षमा विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका समानन्द गिरीले ४४९ मत ल्याए । याे वडामा यसपालि १ हजार ७ मत खसेको थियो । ०७० को निर्वाचनमा वडा नम्बर १ मा एमालेका उम्मेदवार विजयी भएका थिए । 

वडा नम्बर १ को मत गणना सकिँदा गाउँपालिका अध्यक्षमा पनि गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बसन्त चलाउनेले १ नम्बर वडाबाट ४७६ मत पाए । उनका प्रतिस्पर्धी एमालेका रामप्रसाद सापकोटाले ३७५ मत प्राप्त गरे । 

त्यस्तै, गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट धनबहादुर कुँवरले ७६ मत ल्याए । उपाध्यक्षमा पनि गठबन्धनबाटै प्रतिस्पर्धामा रहेका लक्षिमन बोहराले ५६२ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी देवकी बुढा बोहराले ३९४ मत प्राप्त गरिन् । 

स्वतन्त्रबाट गाउँपालिका उपाध्यक्षमा सन्तोष सिंहले ११ मत ल्याए । वडा नम्बर ६ को मतदान पुनः गर्नुपर्ने भन्दै नेकपा एमालेले माग गरेपछि छबिसपाथिभेरा गाउँपालिकाको मतगणना आइतबार दिउँसोबाट सुरु भएको हो । यो समाचार तयार पार्दा वडा नम्बर ७ को गणना भइरहेको छ । 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार २०:१४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया