निर्वाचन प्रक्रियामाथि प्रश्‍न उठाएर एमाले मतदाताको अभिमतको अवमूल्यन गर्‍यो : गगन थापा
फाइल तस्वीर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले मतदाताको अभिमतको अवमूल्यन गरेको आरोप लगाएका छन् । महामन्त्री थापाले सामाजिक सञ्जाल ट्विटरमा टिप्पणीले लेख्दै एमालेले मत परिणाम कुर्नसमेत नसेको बताएका हुन् ।

नेकपा एमालेले आज विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले 'धाँधली' गरेको आरोप लगाएको थियो । त्यसको जवाफमा उनले प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्नेसमेत धैर्यता नराखी नेकपा (एमाले)ले सिंगो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाएको टिप्पणी गरेका हुन् ।

'मतदानसम्म ठीक, मतगणनाको प्रारम्भमा पनि ठीक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो' उनले लेखेका छन् ।

 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार २०:४९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया