घोराहीमा गठबन्धनका उम्मेदवारलाई पछाडि पारेर एमाले उम्मेदवार अगाडि

घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ।

मतगणना सुरु भएदेखि गठबन्धनका उम्मेदवार हेमराज शर्माले अग्रता लिइरहेको भएपनि अहिले भने एमालेका नरूलाल चौधरीले अग्रता लिन सुरु गरेका हुन। चौधरीले ७ हजार ४५ मतका साथ अग्रता सुरु गरेका हुन्।

यसैगरी गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका माओवादीका शर्माले ७ हजार १० मत प्राप्त गरेका छन।

उपमेयरमा भने गठबन्धनको अग्रता कायमै छ। गठबन्धनका तर्फबाट उपमेयरको उम्मेदवार बनेका काङ्ग्रेसका भुप बहादुर डाँगिले ७ हजार ४ सय ४१ मत प्राप्त गरेका छन । एमालेकि हुमा डिसिले ६ हजार ७ सय ८७ मत प्राप्त गरेकी छिन। 





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार २१:३९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया