एमाले सचिव भट्टकाे वडामा कांग्रेसकाे प्यानल विजयी

गोदावरी नगरपालिका वडा नम्बर एक मा काँग्रेसको प्यानल सहित विजयी भएको छ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री समेत रहेका लेखराज भट्टको गृह वडा रहेको वडा नम्बर–१ मा कांग्रेसका गोपालदत्त भट्ट प्यानल सहित विजयी भएका हुन्

कुल ४२८० मत खसेकोमा  भट्ट १४७८ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका शर्मानन्द भट्टले १३९१ मत प्राप्त गरेका छन् । वडा नम्बर १ लाई विशेष चासोका साथ हेरिएको थियो । एमालेबाट मेयरका उम्मेदवार गोकर्ण भट्टको गृह वडा पनि हो । कांग्रेसका भट्टसँग हार व्यहोरेका शर्मानन्द भट्ट गत चुनावमा माओवादीबाट विजयी भएका एक्ला वडाअध्यक्ष थिए ।

एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजित भएपछि उनी नेकपा एमालेतिर गएका थिए ।





  • प्रकाशित मिति : जेठ १, २०७९ आइतबार २१:५०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया