बिहेको एक वर्षसम्म एकसाथ देखिने छैनन् रणवीर–दीपिका, किन ?

मुम्बई– बलिउड स्टार दीपिका पादुकोण र रणवीर सिंहको जोडी फिल्मी दुनियाँमा मात्र प्रख्यात छैन, वास्तविक जीवनमा पनि त्यतिकै चर्चामा छ । पर्दामा यी दुवैको केमिस्ट्रीलाई दर्शकले एकदमै रुचाएका छन् । 

बिहेपछि उनीहरुका फ्यान यी दुईलाई सँगै हेर्न पर्खिरहेका छन् । तर, फ्यानलाई यो कुरा सुनेर नराम्रो लाग्न सक्ला कि, उनीहरु एक वर्षसम्म सँगै पर्दामा देखिने छैनन् । यो कुरा स्वयं रणवीर सिंहले फ्ल्यास गरेका हुन् । 

यसकारण सँगै देखिने छैनन् रणवीर–दीपिका

केही समयअघि एक पत्रिकासँगको अन्तर्वार्तामा रणवीरले २०१९ मा आफूहरु एकसाथ नदेखिने बताए । ‘मेरी श्रीमती र मसँग अहिले कुनै संयुक्त फिल्म छैन,’ रणवीरले भने, ‘मलाई आशा छ कि छिट्टै नै फिल्म मेकर्सले कुनै राम्रो प्रोजेक्ट लिएर हामीसँग प्रस्ताव गर्नेछन् । म पनि दीपिकासँग स्क्रिन सेयर गर्न आतुर छु ।’

यो वर्ष भने उनीहरु भिन्दाभिन्दै अनुबन्ध भइसकेका फिल्मका काममा व्यस्त हुनेछन् । 

रणवीरले गरे दीपिकाको तारिफ



रणवीरले दीपिकाको तारिफ गर्दै भने, ‘दीपिका आजको समयको सबैभन्दा राम्रा कलाकारमध्ये एक हुन् । मलाई यस्तो लाग्छ कि, अझै पनि फिल्ममेकर्सले उनको पूरै क्षमताको उपयोग गर्न पाएका छैनन् । उनीसँग धेरै प्रतिभा छ, जुन पर्दामा देखिन बाँकी नै छ ।’ 

दीपिका पादुकोण छिट्टै निर्देशक मेघान गुलजारको फिल्म ‘छपाक’को सुटिङ गर्दै छिन्, जुन एसिड सर्भाइबर लक्ष्मी अग्रवालको जीवनीमा आधारित छ । यसपछि, दीपिकाले सुपरहिरो फिल्म सुरु गर्नेछिन्, जसको स्क्रिप्टमा अहिले काम चलिरहेको छ । रणवीर पनि छिट्टै जोया अख्तरको फिल्म ‘गली ब्वाय’ मा देखिँदै छन् । 
 



  • प्रकाशित मिति : पुस २१, २०७५ शनिबार १७:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया