आज देशका केही क्षेत्रको वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश–१, बागमती र गण्डकीका थोरै स्थान तथा लुम्बिनी र कर्णालीका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
हाल नेपालमा स्थानीय वायु र भारतको बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखाको प्रभाव छ । राति प्रदेश–१ र गण्डकीका केही स्थान तथा बागमती र लुम्बिनीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
मंगलबार देशका केही स्थानमा मेघ गर्जन र चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश–१, मधेश र लुम्बिनीका केही स्थान तथा गण्डकी र कर्णालीका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।