काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले अहिलेसम्म ५ हजार ४४६ मत ल्याएका छन् ।
१४ हजार ३२६ मतपत्र गणना हुँदा बालेनको मत ५५ सय नजिक पुगेको हो । उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले २ हजार ९५२ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २ हजार ५७७ मतका साथ तेस्रो स्थानमा छिन् । अहिले काठमाडौंको २, ३, ४, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।