सुदूरपश्चिममा १९ पालिकाको मतपरिणाम सार्वजनिक, कांग्रेस–एमालेबीच टक्कर, पछ्याउँदै माओवादी

सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये १९ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म कञ्चनपुर र कैलालीबाहेक अन्य जिल्लाको केही पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।  

१९ मध्ये सात/सातमा नेकपा एमाले, नेपाली कांग्रेस र पाँच स्थानीय तहमा माओवादी केन्द्रका अध्यक्ष विजयी भएका छन् । 

बिहान ९ बजेसम्म कांग्रेस विजयी भएका पालिका : 

१. डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउँद

२. बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका– भरत रोकाया

३. बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउँद



४. डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी

५. अछामको ढकरी गाउँपालिका– प्रकाशबहादुर साउद



६. डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की

७. डोटीको आदर्श गाउँपालिका– गणेशबहादुर खड्का

एमालेले जितेका पालिका :

१. बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहरा  

२. बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया 

३. दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर 

४. बैतडीको पञ्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द

५. दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी

६. डोटीको जोरायल गाउँपालिका– दुर्गादत्त ओझा

७. कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना

माओवादी केन्द्र विजयी भएका पालिका :

१. दार्चुलाको नौगाड गाउँपालिका– दलजित सिंह धामी

२. दार्चुलाको मार्मा गाउँपालिका– अध्यक्ष जमनसिंह धामी

३. दार्चुलाको अपिहिमाल गाउँपालिका– अध्यक्ष भक्तसिंह ठेकरे

४. डडेल्धुराको आलिताल गाउँपालिका– अध्यक्ष शेरसिंह पार्की

५. डोटीको बोकटान फुड्सिल गाउँपालिका– अध्यक्ष कमलबहादुर गड्सिला 

  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार ९:१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया