इलामको रोङ गाउँपालिका–२ मा नेपाली कांग्रेसका बागी उम्मेदवारले वडाध्यक्ष जितेका छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका चन्द्रशेखर घिमिरे वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
घिमिरेले ४४५ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पूर्ण तामाङले ४३१ मत पाए । कांग्रेसका उम्मेदवार निवर्तमान वडाध्यक्ष टेकबहादुर तामाङले ४२२ मत ल्याए ।
महिला सदस्यमा एमालेकी नानु तामाङ, दलित महिलामा नेपाली कांग्रेसकी बालकुमारी लकान्द्री निर्वाचित भएका छन् । खुला सदस्यमा एमालेका इन्द्रप्रसाद कुइँकेल र माधवप्रसाद सुवेदी विजयी भए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।