टी-२० सिरिज : नेपाल र युगाण्डाबीचको पहिलो खेल आज

महिला टी–२० अन्तराष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपालले आज युगाण्डाको सामना गर्दैछ । खेल कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

नेपाल आज युगाण्डालाई हराएर सुखद सुरुवातको योजनामा छ । युगाण्डा पनि जित हात पार्दै विजयी सुरुवात गर्ने सोचमा छ । अन्तराष्ट्रिय क्रिकेटमा पाइला टेकेको १५ वर्षपछि महिला टोलीले पहिलोपटक घरेलु मैदानमा सिरिज खेल्न लागेको हो ।

नेपालले २००७ मा मलेसियामा भएको एसिसी महिला च्याम्पियनसिप खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट पाइलामा चालेको थियो  । यस्तै, महिला टोलीले घरेलु भूमिमा खेल्न लागेको यो दोस्रो अन्तराष्ट्रिय प्रतियोगिता हो ।

नेपालले २०१९ मा १३ औं साग गेम्सको आयोजना गरेको थियो । त्यही समय महिला टोलीले पहिलो पटक घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेट खेलेको थियो । सागअन्तर्गत पोखरामा भएको महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको थियो ।

यो सिरिज नेपालको दोस्रो टी–२० अन्तर्राष्ट्रिय सिरिज हो । यस अघि गत मंसिरमा कतार भ्रमण गर्दै नेपालले ३ खेलको सिरिज क्लिन स्विप गरेको थियो । पाँच खेलको सिरिज अन्तर्गत दोस्रो टी–२० मंगलबार, तेस्रो पाँच जेठ, चौथो ६ जेठ र पाँचौँ तथा अन्तिम टी–२० सात जेठमा हुनेछ । 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १०:३८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया