गठबन्धनलाई हराउँदै कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमालेका बोगटी विजयी

कैलालीको चुरे गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ पाँच दलको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै एमालेका चक्रबहादुर बोगटी विजयी भएका हुन् । 

विजयी बोगटीले ३ हजार ३०५ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका लोकबहादुर सारुमगरले ३ हजार २८१ मत ल्याए । 

गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनतर्फबाट नेपाली कांग्रेसकी धना थापा निर्वाचित भएकी छन् । थापाले ३ हजार ४४९ मत ल्याएर विजयी भइन् । उनकी प्रतिद्वन्द्वी एमालेकी दीपादेवी साउँदले ३ हजार १२१ मत पाएकी छन् ।

त्यस्तै, गाउँपालिकाको वडा नम्बर १ बाहेक सबै वडामा एमालेका उम्मेदवार नै विजयी भएका छन् । वडा नम्बर १ मा चाहिँ कांग्रेस विजयी भएको छ । 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार ११:४१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया