धनगढीमा स्वन्तत्र उम्मेदवार हमालले बढाए मतान्तर, गठबन्धनका वड साढे १७ सय मतले पछि

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुदेखि अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणामअनुसार हमालले ३ हजार ८२९ मत पाएका छन् । 

उनलाई पछ्याइरहेका सत्तारुढ गठबन्धन (कांग्रेस) उम्मेदवार नृपबहादुर वडले २ हजार ८५ मत ल्याएका छन् । यो अवस्थासम्म हमाल र वडबीचको मतान्तर १ हजार ७४४ रहेको छ ।  

त्यस्तै, नेकपा एमालेका रणबहादुर चन्दले ९३७ मत पाएका छन् । उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले १ हजार ६२३, एमालेकी कन्दकला रानाले १ हजार ३५३ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार १८ मत पाएका छन् । अहिलेसम्म ८ हजार ७ सय मत गणना भएको छ । हाल वडा नम्बर २, ३ १८ र १९ को मत गणना भइरहेको छ ।  

वडा नम्बर १ को अन्तिम मत परिणाम आइसकेको छ । यो वडामा यसपालि पनि कांग्रेसका सन्तोष भुडभरी विजयी भएका छन् । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए । उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो । उपमहानगरमा १९ वडा रहेका छन् ।   





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १२:५४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया