काठमाडौं महानगर अपडेट : बालेनले लगातार बढाउँदै मतान्तर
फाइल तस्वीर

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । 

निर्वाचन आयोगले सोमबार दिउँसो साढे १ बजेसम्मको दिएको जानकारीअनुसार एमालेका केशव स्थापितको भन्दा दुई हजार ९४२ मत बढी ल्याएर साहले अग्रता कायम राखेका छन् । 

सोमबार मध्यान्ह १२ बजेसम्म २८७५ मतले स्थापितलाई पछि पार्दै साहले अग्रता लिएका थिए । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन् । 

राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । सोमबार दिउँसो साढे १ बजेसम्मका अपडेट गराएको आयोगका अनुसार साहले ६ हजार १९४, स्थापितले तीन हजार २२५, कांग्रेसकी सिर्जना सिंहले दुई हजार ८५४, राप्रपाका मदनदास श्रेष्ठले ५६८ मत ल्याएका छन् ।

यसअघि सोमबार मध्यान्ह १२ बजेसम्मको आयोगले दिएको जानकारीअनुसार साहले दुई हजार ८५७ मतान्तरले अग्रता कायम राखेका थिए । साहले ६ हजार १६ मत ल्याउँदा उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार स्थापितले तीन हजार १४१ मत ल्याएका थिए । 

कांग्रेसकी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले दुई हजार ७८१ मत ल्याएर तेस्रो स्थानमा रहेर पछ्याइरहेकी थिइन् । यसैगरी, मदनदास श्रेष्ठले ५५३ मत ल्याएका छन् । 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १५:१८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया