रामकुमारी झाँक्री : एमालेले धाँधलीको आरोप लगाएर मतदाताको अपमान गर्दैछ

नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले स्थानीय तह निर्वाचनमा धाँदली गर्यो भन्ने आरोप लगाएर नेकपा एमालेले आम मतदातालाई अपमान गरेको बताएकी छन् । उनले सामाजिक सञ्‍जालमा टिप्पणी लेख्दै यस्तो बताएकी हुन् । 

एमालेले आइतबार सरकारले स्थानीय तहको निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै प्रेस विज्ञप्ति जारी गरेको थियो । त्यसको जवाफमा आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री झाँक्रीले एमालेले मतगणनाको अन्तिम नतिजा पनि पर्खिन नसकेको बताइन् । उनले एमालेको यो प्रवृतिले एमालेलाई किन भोट हाल्ने भन्ने प्रश्न खडा गरेको पनि उल्लेख गरेकी छन् ।

'मतदान सकिनबित्तिकै अरू दलले चुनाव चाहेका थिएनन्, हामीले गर्दा चुनाव गरायौँ भन्दै जस लिने एमाले, मतदातालाई धन्यवाद दिएको एमाले, जब निर्वाचनको प्रारम्भिक नतिजा आउन लाग्यो नि तब मत गणनाको अन्तिम नतिजा पनि पर्खिन सकेन र गठबन्धनले आफ्नोविरूद्ध मोर्चा बन्दी गर्यो, धाँधली गर्यो भन्ने आरोप लगाउँदै आम मतदातालाई अपमान गर्दैछ। हो यहि प्रवृतिको विरूद्ध हो हामी एमालेभित्र लडेको । एमालेको यो प्रवृत्तिले एमालेलाई किन भोट हाल्ने भन्ने प्रश्न खडा गरेको छ,' उनले भनेकी छन् ।





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १५:४६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया