सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव निर्वाचित

सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्ष पदमा २२ वर्षीय युवक विजयी भएका छन् । 

नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएका पूर्वसांसद शिवपूजन राय यादवका २२ वर्षीय छोरा राजाबाबु यादव ४ हजार ८१ मत ल्याएर निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २ हजार ३९२ मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले १ हजार ७०७ मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी गीतादेवी ३ हजार ५२३ मत प्राप्त गरेर निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कोशिला साहले २ हजार ६३७ मत ल्याएकी छन् । 

अध्यक्षमा निर्वाचित राजाबाबु काठमाडौंमा बिबिएसमा अध्ययनरत थिए ।





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १५:५३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया