बालेनको पक्षमा नारा : देखिस् कांग्रेस-एमाले, जनताले भोट काँ हाले

काठमाडौं महानगरपालिको मेयरमा बालेन शाहको अग्रता कायमै छ । उनी अन्य उम्मेदवारभन्दा दोब्बर मतले अघि बढिरहेका छन् । उनको अग्रता कायमै रहेका बेला उनका समर्थक तथा शुभचिन्तकहरूले मतगणनास्थल राष्ट्रियसभा गृहमा भने खुसियाली मनाइरहेका छन् । 

सयौंको संख्यामा उपस्थित समर्थक तथा शुभचिन्तकहरूले बालेनको पक्षमा नारा लगाउनुका साथै हुटिङ गरिरहेका छन् । राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरूले एमाले, कांग्रेस लगायतका दलमाथि कटाक्ष गरिरहेका छन् । 

'देखिस् कांग्रेस एमाले, जनताले भोट काँ हाले ?', 'नेपाली जनताले के भन्छ, बालेन शाहलाई ले भन्छ', जस्ता नारा लगाइरहेका छन् । 

यतिमात्र नभएर पछिल्लो समय चर्चामा रहेका सागर, वसन्ते, किस्नेसँग जोडेर पनि नाराबाजी गरेको देखिन्छ । उनीहरूले 'सागर वसन्ते किस्ने, बालेन शाहले हो जित्ने' भन्दै नारा लगाएका हुन् । 

मत गणनाको सुरुवाती चरणदेखि नै बालेन शाह अग्र स्थानमा थिए । उनलाई नेकपा एमाले उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । बालेन शाह लौरो चुनाव चिन्ह लिएर काठमाडौं महानगरेको मेयर पदका लागि उम्मेदवार बनेका थिए । 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १६:१०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया