भरतपुर महानगर मतगणना अपडेट : फेरि रेणुले विजयलाई उछिनिन्
फाइल तस्वीर

भरतपुर महानगरपालिकाको मतपरिणाम रोचक देखिएको छ । यहाँ १५ हजार ०३१ मत गन्दा पुनः नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।

ताजा मतपरिणामअनुसार रेणुको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीसँग १२ मतको अन्तर छ ।

रेणुले ५०३९ मत ल्याउँदा एमालेका सुवेदीको ५०२७ मत पाएका छन् । त्यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा चित्रशेन अधिकारीले ६०४३ मतसहित अग्रता लिएका छन् भने हिमला गुरुङले ४०४२ मतसहित पछ्याइरहेकी छन् । हाल वडा नम्बर ५ को मतगणना चलिरहेको छ । 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १८:५४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया