के ‘कोर नेवार एरिया’को मत गन्दा पछि पर्लान् बालेन ?

काठमाडौं महानगरको मतगणना हुँदै गर्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता बढाउँदै गएका छन् । उनले मत गणनाको सुरुवातबाट नै आफ्नो मत संख्या अरु उम्मेदवारको भन्दा धेरै ल्याउँदै गए पछि धेरैले यसपटक काठमाडौं महानगरको मेयरमा बालेन शाह निर्वाचित हुने विश्लेषण गरिरहेका छन् ।

तर, उनीसँग प्रतिस्पर्धामा रहेका दुई दल नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवार तथा नेताहरुले यसलाई विश्वास गरेका छैनन् । यी दुवै दलका उम्मेदवार तथा नेताहरुले पछिल्लो समय काठमाडौं महानगरको कोर नेवार एरियाका भोट गन्न थालेपछि बल्ल यस विषयमा विश्लेषण गर्न सकिने बताएका छन् ।

कतिसम्म भने एमालेका मेयर उम्मेदवार केशव स्थापितले त अहिलेको मत हेरेर नहुने र अन्तिममा बालेन तेस्रो नम्बरमा पुग्नेसम्म दाबी गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका नेताहरुले पनि सिर्जना सिंहको मत आउन काठमाडौं महानगरका १२ वडा बढी प्राथमिकतामा पर्नु पर्ने र त्यहाँको गणनाले त्यसलाई निर्धारण गर्ने दाबी गरेका छन् ।

काठमाडौंका वडा नम्बर १४, १५, १६, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ मा दुवै नेकपा एमाले र नेपाली कांग्रेसले आफ्नो मत बढी आउने दाबी गरेका छन् । 

यी ठाउँमा बाक्लो नेवार बस्ती भएकाले त्यहाँको मत स्थापित र सिर्जना सिंहलाई बढी जाने र बालेन पछाडि पर्ने अनुमान भइरहेको छ । अहिले काठमाडौंमा १ देखि ६ र ३१–३२ वडाको मत गणना भइरहेको छ ।

यी वडामा मतगणनामा एमाले वा कांग्रेसका वडाध्यक्ष छानिँदा पनि बालेनले यी दुई दलका उम्मेदवार केशव स्थापित र सिर्जना सिंहको भन्दा बढी मत ल्याएको देखिन्छ । त्यसैले प्रकाशमान सिंह वा गगन थापाको क्षेत्रमा पनि मेयरमा बढी मत बालेनलाई नै गएको हुनसक्ने अनुमान पनि गरिएको छ । 



जे होस्, अहिलेको ट्रेन्डअनुसार अगाडि बढेमा यी क्षेत्रमा पनि बालेनले स्थापित र सिंहलाई पछाडि पार्ने देखिन्छ ।



  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १९:४१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया