बैतडी सुर्नयाको अध्यक्षमा एमालेका कुँवर, उपाध्यक्षमा कांग्रेसकी बोहरा विजयी

बैतडीको सुर्नया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अम्मरबहादुर कुँवर विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका नरेन्द्र बिष्टलाई पराजित गर्दै कुँवर विजयी भएका हुन् ।  

गएको स्थानीय तहको निर्वाचनमा सो पालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसले जित हात पारेको थियो । तर, अहिले भने कांग्रेसले अध्यक्ष पदमा तेश्रो मत प्राप्त गरेको छ । 

उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मञ्जु बोहरा विजयी भएकी छिन् । राप्रपाका देवबहादुर चन्दलाई पराजित गर्दै बोहरा विजयी भएकी हुन् ।

सुर्नयामा एमाले र राप्रपाले चुनावी तालमेल गरेका थिए भने एकीकृत समाजवादी र माओवादीले पनि चुनावी तालमेल गरेका थिए । सुर्नयामा कांग्रेस एक्लै चुनाव लडेको थियो ।





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार १९:४९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया