काठमाडौंको कीर्तिपुरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका छन् । उनले एमालेका रत्नकेशर बज्राचार्यलाई ४ हजार ५ सयभन्दा धेरै मतले पराजित गरेका हुन् ।
यसअघिको स्थानीय निर्वाचनमा त्यहाँ एमालेले मेयरमा जित निकालेको थियो ।
यसपटक कांग्रेसका नकर्मीले ९ हजार ४३ मत ल्याउँदा बज्राचार्यले ५ हजार ५ सय ७ मत ल्याएका छन् ।
उपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी भएकी छन्। उनले ८ हजार ८६५ मत पाएकी छन्। उनकी निकटम् प्रतिस्पर्धी नेकपा एमालेकी बिन्दु मर्हजनले ७ हजार २०६ मत पाएकी छन्।
कांग्रेसले यो नगरपालिकामा १० मध्ये ९ वडामा अध्यक्ष जितेको छ। एउटा वडामा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् जितेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।