स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म १४३ वटा पालिकाको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । गत ३० वैशाखमा भएको निर्वाचनको परिणामअनुसार नेपाली कांग्रेस अग्र स्थानमा छ ।
अहिलेसम्म ६९ पालिकामा जित निकाल्दै नेपाली कांग्रेसले पहिलो स्थानमा छ । त्यस्तै, नेकपा एमाले ५४ वटा पालिकाको प्रमुखमा जित हासिल गरेर दोस्रो स्थानमा छ ।
यस्तै, माओवादी केन्द्रले ३४ पालिकाको प्रमुख जित्दै तेस्रो स्थानमा रहँदा नेकपा एकीकृत समाजवादीले २ वटा, नेमकिपा १ र स्वतन्त्रले एउटा पालिकाको प्रमुख जितेका छन् ।
यस्तै, उपप्रमुखमा कांग्रेसले ७१, एमालेले ४४, माओवादीले २६, एकीकृत समाजवादीले ५, जसपाले २, राष्ट्रिय जनमाेर्चा र नेकपाले १, स्वतन्त्रले २ पालिका जितेका छन् । हर्नुहोस् एमालेले जितेका पालिकाहरूको सूची
गाउँपालिका
इलामको माङसेबुङ–हेमन्त राई
धनकुटाको चौबिसे–राजकुमार लिम्बु
भोजपुरको पौवादुङ्मा–किरण राई
भोजपुरको हतुवागढी–प्रेमकुमार राई
तह्रथुमको छथर–सन्तवीर लिम्बु
तेह्रथुमको मेन्यायेम–यादवबहादुर खापुङ्ग
तेह्रथुमको मम्याङलुङ–सञ्जयकुमार तुम्वाहाङफे
खोटाङको ऐसेलुखर्कगीरेन्द्रबहादुर राई
सोलुखुम्बुको खुम्बु पासाङल्हामु–मिङमा छिरी शेर्पा
म्याय दूधकोशी–बुद्धिकिरण राई
सिराहको भगवानपुर–उग्रनारायण यादव
ललितपुरको कोन्ज्योसोम–कृष्णमान लामा
रसुवाको उत्तरगयागाउँपालिका–माधवप्रसाद अर्याल
रसुवाको गोसाईकुण्ड–कैसाङ नुर्पु तामाङ
मकवानपुरको इन्द्र सरोवर–देवकृष्ण पुडासैनी शर्मा
मकवानपुरको भीमफेदी–हिदम लामा
तनहुँको घिरिङ–होमबहादुर थापा
तनहुँको म्याग्दे–श्रीप्रसाद क्षेष्ठ
स्याङगाको कालीगण्डकी–खिमबहादुर थापा
स्याङजाको फेदीखोला–घनश्याम सुवेदी
स्याङजाको हरीनास–खिमनारायण मानान्धर
कास्कीको रुपा–नवराज ओझा
मनाङको चामे–अध्यक्ष लोकेन्द्रबहादुर घले
मनाङको मनाङ ङिस्याङ–अध्यक्ष कान्छा घले
मुस्ताङको थासाङ–प्रदिप गौचन
मुस्ताङको लो–घेकर दामोदरकुण्ड–लोप्साङ छोम्पेल विष्ट
मुस्ताङको लोमन्थाङ–टसी न्हर्वु गुरुङ
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–रिङजिन नामगेल गुरूङ
म्याग्दीको मंगला–सतप्रसाद रोका
म्याग्दीको मालिका–बेगप्रसाद गर्बुजा
नवलपरासी पूर्वको बुलिङटार–दिपेन्द्र सुनारी
नवलपरासी पूर्वको बौदीकाली–प्रकास ओझा
गुल्मीको छत्रकोट–रामप्रसाद पाण्डेय
गुल्मीको सत्यवती–टीकाराम पाण्डे
पाल्पाको तिनाउ–प्रेम श्रेष्ठ
पाल्पाको निस्दी–मुक्तबहादुर सारु
पाल्पाको पूर्वीखोला–नुनबहादुर थापा
पाल्पाको माथागढी–यमबहादुर चिदी
प्युठानको सरुमारानी–झगबहादुर विश्वकर्मा
दैलेखको गुराँस–टोपबहादुर बीसी
दैलेखको डुंगेश्वर–सुन्दरकुमार केसी
डोल्पाको से फोक्सुण्डो–धावा सम्डुक गुरुङ
बाजुराको गौमुल–हरिबहादुर रोकाया
बझाङको थलारा–प्रकाश बहादुर रोकाय
बझाङको साइपाल–मानवीर बोहरा
डोटीको जोरायल–दुर्गा दत्त ओझा
कैलालीको चुरे–चक्रबहादुर बोगटी
कञ्चनपुरको लालझाडी–निर्मल राना
बैतडीको पन्चेश्वर–गोरखबहादुर चन्द
दार्चुलाको दुहुँ–नरेन्द्रबहादुर सिंह बडाल
नगरपालिका
अर्घखाचिको पाणिनी–टेकराज न्यौपाने
दार्चुलाको महाकाली–नरसिंह चैंसिर
दार्चुलाको मालिकार्जुन–हिरासिंह धामी
दार्चुलाको शैल्यशिखर–विजयसिंह धामी
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।