बालेनले कटाए ८ हजार मत, केशव-सिर्जनाले कति ल्याए भोट ?
फाइल तस्वीर

काठमाडौं महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले ८ हजार मत कटाएका छन् । 

केही समयअघि प्राप्त मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ८ हजार ३७ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन्  ।

त्यसैगरी, प्रमुख पदकै उम्मेदवार नेकपा (एमाले) का केशव स्थापितले ४ हजार २५९ र नेपाली कांग्रेसका सिर्जना सिंहले ३ हजार ७०३ मत प्राप्त गरेकी छन् ।

अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मत गणना कार्य जारी छ । अहिले गणना भइरहेको ४ र ३१ वडामा पनि बालेनलाई अत्यधिक मत प्राप्त भएको छ । वडा नम्बर ४ मा ९ हजार र ३१ मा ११ हजारभन्दा बढी मत खसेको थियो । 

वडा नम्बर १ र २ को मत परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । दुवै वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार २०:५२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया