पोखरा महानगरमा एमालेका थापाभन्दा समाजवादीका आचार्य ६४० मतले अघि
फाइल तस्वीर

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्तारूढ गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यको मतान्तर बढ्दै गएको छ ।

महानगरको वडा नं १, २, ३, ४, १२, १३ २३, २४ र २५ को हालसम्म १३ हजार ८९७ मत गणनामा आचार्यले पाँच हजार ६९० मतसहित अग्रता बनाएका छन् । उनका प्रत्यासी नेकपा (एमाले)का कृष्णबहादुर थापाले पाँच हजार ५० मत ल्याएका छन् । महानगर प्रमुखमा ६४० मतान्तरले आचार्य अघि छन् । 

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका कोपिला रानाभाट झिनो मतसहित अघि छन् । रानाभाटले पाँच हजार ७१९ मत प्राप्त गर्दा एमालेका मञ्जुदेवी गुरुङको पाँच हजार ६८७ मत छ ।

हालसम्म महानगरका तीन वडाको अन्तिम मत परिणाम सार्वजनिक भएकामा वडा नं १ मा एमाले र वडा नं २ र वडा नं १२ मा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । कास्कीमा पाँच पालिकामध्येमा हालसम्म रुपा र माछापुच्छ्रेको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

रूपामा अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा एमाले र माछापुच्छ्रेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसैगरी गणना जारी रहेका अन्नपूर्ण र मादी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता छ । 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार २१:१४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया