भरतपुरमा १६०३३ मत गनियो, रेनु १७ भोटले अगाडि

भरतपुर महानगरपालिकामा १६ हजारभन्‍दा बढी मत गणना भएको छ । 

यहाँ १६०३३ मत गन्दा गर्दा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेनु दाहाल अगाडि छिन् ।

उनले आफ्ना प्रतिस्पर्धीभन्दा १७ मतले अग्रता लिएकी छन् ।

उनले अहिलेसम्म ५३५० मत ल्याउँदा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ५३३३ मतसहित पछ्याइरहेका छन् । 

यहाँ स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मत बढाउँदा अवस्था रोचक बन्दै गएको छ । पौडेलले २५५८ मत ल्याएका छन् ।

 त्यस्तै, उपप्रमुखमा चित्रसेन अधिकारीले ६४५२ मत र राप्रपाकी हिमला गुरुङले ४३२१ मत ल्याएर पछ्याइरहेकी छन् । 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार २१:२४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया